Print

कुश्मा बजार फेरी बन्द

७ असार, पर्वत । कोरोना संक्रमणका कारण ८१ दिन लामो लक डाउन बेहोरेका पर्वतको कुश्मा बजारबासी सामू पुनः लक डाउनको अवस्था सृजना भएको छ । सरकारले असार १ गते देखि लक डाउन घोषणा गरेको छैन । केहि प्रतिबन्धहरु भने कायम छन् । योसंगै बजारका पसलहरु खुलेका थिए । नियमति रुपमा वैंकिङ कारोबार भएका थिए भने कार्यालयहरु पनि खुलेका थिए । जिल्लामा संक्रमीत बढ्दै जाँदा स्वास्थ्यकर्मी र स्थानीयमा समेत संक्रमण देखिए पछि पुनः लक डाउनको स्वरुपमा पसलहरु बन्द गराइएको छ ।

प्रशासन कार्यालयले औपचारिक रुपमा सुचना प्रकाशन नगरेपनि प्रहरील कुश्मा बजारका पसलहरु बन्द गराएको हो । प्रहरीले बजार क्षेत्रमा मेडिकल पसल बाहेकका सवै पसल बन्द गर्न आग्रह गरेको छ । नीजि सवारी साधन भने सञ्चालनमा छन् । सार्वजनिक सवारी साधन भने विगत झण्डै ३ महिना देखि बन्द अवस्थामा छन् । ट्याक्सीहरु सञ्चालनमा आएपनि तिनीहरुको सञ्चालनमा समेत आजबाट कडाई गरिएको छ ।

लक डाउन खुकुलो भएसंगै बजारका खाजा घर र रेष्टुरेष्टहरु पनि सञ्चालनमा थिए । हिजो मात्रै ५ र आज थप २ जना स्वास्थ्यकर्मी र उनीहरुको परिवारमा संक्रमण भेटिए पछि बजार बन्द गराइएको हो । संक्रमण थप फैलन नदिनका लागि बजार बन्द गराइएको प्रहरीले जनाएको छ ।