७ असार, पर्वत । जिल्लामा पहिलो पल्ट ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि गरिएको स्वाब संकलनमा थप २ जनामा पुनः कोरोना पुष्टि भएको छ । पहिलो ५ जना पर्वत अस्पतालका स्वास्थ्यकर्मी थिए भने, बाँकी २ जना मध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका परिवार र अर्को एक जना संक्रमीतको सम्पर्कमा आएका स्वास्थ्यकर्मी थिए । योसंगै जिल्लामा कन्ट्रयाक्ट ट्रेसिङको काम शुरु भएको छ ।
संक्रमण पुष्टि भएसंगै हिजो मात्रै संक्रमीत स्वास्थ्यकर्मीसंगको सम्पर्कका आएका ८१ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये २१ जनाको रिर्पोट नेगेटिभ आइसकेको छ । २ जनामा थप संक्रमण पुष्टि भएको थियो । उनीहरु स्वास्थ्यकर्मी र अस्पताल परिसरका ब्यक्तिहरु थिए । स्वास्थ्य कार्यालय पर्वतले पर्वत अस्पतालमा असार २ गते देखि ४ गतेसम्म स्वासथ्य परिक्षणका आउने विरामीहरुको खोजी कार्य शुरु गरेको छ ।
उनीहरु सवैको स्वाब संकलन गर्ने उद्देश्यले खोजी कार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएका कारण सो अवधिका विरामीको समेत ट्रेसिङ कार्यको शुरुवात गरिएको स्वास्थ्य कार्यालयका डा. भोजराज गौतमले जानकारी दिए । विरामी पुर्जा सहित स्वाब संकलनका लागि उपस्थित हुन अनुरोध गरिएको छ । स्वास्थ्यकर्मीहरुमा कहाँबाट संक्रमण सरयो भन्ने विषयमा भने अझै पुष्टि हुन सकिरहेको छैन ।




