३१ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा परेको खण्ड बृष्टिका कारण २ घर पुरिएका छन् । घरमा पुरिएका मध्ये थप १ जनाको शव फेला परेको छ । थप १ जना तुलबहादुर थापा हुन । माटोले पुरिएको अवस्थामा नेपाली सेना र नेपाल प्रहरीले शव फेला पारेको स्थानीय सूर्यबाबु गिरीले जानकारी दिए । यस अघि २ जनाको शव फेला परेको थियो । यस अघि तुलबहादुर थापाकी श्रीमती मिनकुमारी थापा र उनकी ११ बर्षिया नातिनी दिविसा थापाको शव फेला परेको हो ।
पहिरोमा थप ६ जना हराइरहेको प्रहरीले जनाएको छ । दुर्लुङको पहिरोग्रस्त स्थान वरपर भिषण खण्ड बृष्टि भएको थियो । अहिले पनि मौसम खराव रहेको स्थानीय इन्द्र शर्माले जानकारी दिए । रातको समय भएको हुँदा उद्धारमा भने कठिनाइ परेको छ । पहिरोका कारण सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको पुरिएको हो ।
घरमा दुई कुल ९ जना सदस्य रहेको वडाअध्यक्ष तेजप्रसाद पाध्यायले जानकारी दिए । अहिले पहिरोग्रस्त क्षेत्रमा स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । रातको समय भएका कारण भने उद्धारमा कठिनाइ भएको छ । भिषण बर्षातका कारण धेरै मानिसहरुले घरबाट बाहिर निस्केर ज्यान जोगाएको स्थानीयको भनाई छ । बर्षातका कारण १ दर्जन बढि घरमा क्षति पुगेको स्थानीयबासीले बताएका छन् ।
यसैवीच सांसद पदम गिरीले उद्धार कार्यलाई तत्काल जारि राख्न अनुरोध गरेका छन् । सामािजक सञ्जाल मार्फत सन्देश दिदै गृह वडा समेत रहेको र्दुर्लुङको विपद्लाई सवै मिलेर सामना गर्न समेत अनुरोध गरेका छन् । रातको समयमा सुरक्षाकर्मी र स्थानीयबासी सवै मिलेर सहयोग गर्न सांसद गिरीले अनुरोध गरेका हुन ।




