३१ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका कारण २ वटा घरहरु पुरीएका छन कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार अहिलेसम्म २ वटा घर पहिरोले पूर्णरुपमा क्षति पुराएको छ । २ वटा घरमा ९ जना मानिस पुरीएका छन । कुश्मा ३ सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको हो । घरमा रहेकाहरु मध्ये २ जनाको शव भेटिएको वडाअध्यक्ष पाध्यायले जानकारी दिए ।
पाध्याका अनुसार तुलबाहादुर थापाको श्रीमती र उनकी ११ बर्षिया नातिनीको शव फेला परेको छ । बाँकी ७ जना भने अझै हराइरहेका छन् । उनीहरु सम्पर्कमा नरहेको वडाअध्यक्षले बताए । स्थानीय सूर्यबाबु गिरीका अनुसार अहिले पहिरोग्रस्त क्षेत्रमा स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।
रातको समय भएका कारण भने उद्धारमा कठिनाइ भएको छ । क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन सकेको छैन




