३० जेठ, पर्वत । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न मितिमा पठाइएका २ सय १८ जना मध्ये ४८ जनाको स्बावको रिर्पोट आज बिहान सार्वजनिक भएको छ। विगत एक हप्ता देखि संकलन गरिएकाहरु समेतको रिर्पोट अहिले मात्रै सार्वजनिक भएको हो । ४८ जनाको रिर्पोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सार्वजनिक गरिएका मध्ये १ जनाको भने पोखरा स्थित मणिपाल अस्पतालले नै स्वाब परिक्षणका लागि नमुना संकलन गरेको थियो । ति ब्यक्तिमा समेत कोरोना संक्रमण देखिएकोछ । योसंगै शुक्रबार मात्रै १३ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि ९ जना गरी कुल २१ जनाको अहिले आइसोलेसन अस्पतालमा उपचार गरिदैछ ।
आज रिर्पोट आउनेहरु मध्ये कुस्मा नगरपालिकाका १० पिपलटारीका १९,२३,२८,२०, ३७ बर्षका पुरुष र २८ बर्षिया महिला छन । यस्तै कुस्मा नगरपालिका ३ कै २९ बर्षिय पुरुष, कुश्मा नगरपालिका १ का ४५ बर्षिय पुरुष तथा कुश्मा नगरपालिका १३ का बर्ष नखुलेका एक जना पुरुष रहेका छन ।
यस्तै पैंयु गाउँपालिका ३ का २० बर्षिय पुरुष र बिहादी गाउँपालिकाका ३ का ३२ बर्षिय र महाशिला गाउँपालिका ३ का ३२ बर्षिय पुरुष रहेका छन । उनीहरु सबै भारतबाट नेपाल आउने क्रममा सिमानाबाट उद्दार गरि कुश्मा स्थित पुलिङ क्वारेन्टाईनमा राखिएका हुन ।




