Print

पर्वतमा ६ बर्षिया बालक सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

३१ जेठ, पर्वत । पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पर्वतकै जलजला गाउँपालिका वडा नं १ बाँसखर्कका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

योसंगै पर्वत जिल्लामा संक्रमीतको संख्या २६ पुगेको छ । १ जनाको पोखरामा उपचार हुँदैछ भने बाँकी २५ जनाको पर्वत जिल्ला कोरोना अस्पतालमा नै उपचार भईरहेको छ ।