३० जेठ, पर्वत । भारतबाट आएर पुलिङ्ग क्वारेन्टाईनमा बसेका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै पोखराको मणिपात अस्पतालमा उपचाररत कुश्मा नगरपालिकाका एक युवा सहित कुल १३ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्ये पर्वतको कुश्मामा रहेका १२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मोटरसाइकल दुर्घटनामा परी उपचारगत पोखराका संक्रमीत भने अप्रेसन समेत गरेका कारण स्वास्थ्य अवस्था सुधारउन्मुख भएको परिवारका सदस्यको भनाई छ । उनको टाउकाको अप्रेसन गरिएको थियो ।
योसंगै पर्वतमा कुल २२ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । संक्रमीतहरु मध्ये १ जना महिला र १२ जना पुरुषहरु रहेका छन । उनीहरु मध्ये महिलाको १ बर्षको बच्चा पनि साथमै छन् । महिलासंगै बच्चालाई समेत आइसोलेसनमा राखिएको पर्वत जिल्ला अस्पतालका नि. प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
कुस्मा नगरपालिका १० की ती महिला संगै ९ दिन देखि १५ महिला पनि एउटै कोठामा रहेका थिए । थ्रोड स्वाब संकलन पछि पनि ८ दिन सम्म संगै बसेका कारण नेगेटिभ रिर्पोट आएका ३६ जनालाई पनि शंकाको दृष्टिकोणले हेर्नुपर्ने अबस्था आएको छ । संक्रमित महिला संग १५ जना अन्य महिला पनि थिए भने अन्य संक्रमित पुरुषहरु संगै अन्य ब्यक्ति समेत रहेका थिए ।
नेगेटिभ रिर्पोट आएका ३६ जनालाई सम्बन्धित पालिका स्थित क्वारेन्टानमा राख्नका लागि पठाउने तयारी छ । नेगेटिभ रिर्पोट आएपनि संक्रमित संगै लामो समय बसेका कारण उनीहरुले अनिवार्य रुपमा क्वारेन्टाईनको नियम पालना गरेर बस्नुपर्ने डा. देबकोटाको भनाई छ । दुई हप्ताको क्वारेन्टाईन बसाई पछि एक हप्ता घरमा समेत क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालामा एक हप्ता अघि पठाईएको २ सय १८ जना मध्ये ४८ जनाको स्बावको रिर्पोट आज बिहान सार्वजनिक भएको थियो । कुस्मा नगरपालिकाका १० पिपलटारीका १९,२३,२८,२०, ३७ बर्षका पुरुष र २८ बर्षिया महिला छन । यस्तै कुस्मा नगरपालिका ३ कै २९ बर्षिय पुरुष, कुस्मा नगरपालिका १ का ४५ बर्षिय पुरुष तथा कुस्मा नगरपालिका १३ का बर्ष नखुलेका एक जना पुरुष रहेका छन । यस्तै पैंयु गाउँपालिका ३ का २० बर्षिय पुरुष र बिहादी गाउँपालिकाका ३ का ३२ बर्षिय र महाशिला गाउँपालिका ३ का ३२ बर्षिय पुरुष रहेका छन ।




