३० जेठ, पर्वत । शुक्रबार पर्बतमा भेटिएका १२ जना कोरोना संक्रमित मध्ये एक जना महिला संग एक बर्षे दुधे बालक पनि साथमै रहेको पाइएको छ ।
संक्रमण पुष्टि भएकी कुश्मा नगरपालिकाकी महिलासंग उनको १ बर्षे दुधे बालक पनि साथमै रहेका छन। बालकको कोरोना परिक्षणको रिर्पोट आउन बाँकी तर उनलाई पनि आमा संगै आइसोलेसनमा पठाइएको छ ।
पर्वत जिल्ला अस्पतालले दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा एक महिला सहित पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।




