३० जेठ, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा नबजात शिशुको हत्या गरी फरार एक महिला सात वषएपछि पक्राउ परेकि छिन् ।
साविक आर्थर डाँडाखर्क वडा नं. ७ अधेरीनेटा स्थित यमबहादुर नेपालीको श्रीमती ४७ वर्षिया अमृता भन्ने तारा नेपाली पक्राउ परेकि हुन् । नेपालीले अबैध गर्भ बोकी २०७० साल फागुन १२ गते नबजात शिशु स्थानीय नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा बिशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोक स्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकि हुन् ।




