३० जेठ, पर्वत । कोरोना संक्रमण पुष्टि भएका मध्ये १२ जनालाई कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । उनीहरु सवै जना कुश्माका क्वारेन्टाइनमा बसेकाहरु छन । यस अघि ९ जना संक्रमीतलाई कुश्माको आइसोलेसन अस्पतालमा राखेर उपचार गरिएको छ ।
आज मात्रै थप भएका १३ जना मध्ये १ जना पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत छन् । बाँकी १२ जना कुश्माका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाइ आइसोलेसनमा लैजाने तयारी गरिएको पर्वत अस्पतालका डा. शिशिर देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत संक्रमीतको बारेमा भने पुरा विवरण आइसकेको छैन ।




