१८ जेठ, पर्वत । पर्वत जिल्लामा संघीय सरकारबाट यस बर्ष सडक, पुल र शहरी बिकासका योजनामा साढे सवा १६ करोड बजेट बिनियोजन गरेको छ ।
सरकारले आर्थिक बर्ष २०७७/०७८ मा खर्च हुने गरि पर्वतका लागि १५ वटा सडक, १० वटा पुल र कुस्मामा सिटी हल सहितको बसपार्क निर्माणका लािग १६ करोड १६ लाख लाख ५० हजार बजेट बिनियोजन भएको हो ।
भौतिक पुर्वाधार मन्त्रालयबाट सडक निर्माणका लागि ८ करोड ४० बजेट बिनियोजन गरेको छ । सबैभन्दा ठुलो बजेट पोखराबाट पर्वतको सेतीबेणी हुँदै रिडी जोड्ने पोखरा रिडी सडकका लागि ४ करोड बजेट बिनियोजन गरेको छ । यो सडकको पोखराको पामे देखि भदौरे, राम्जा, कार्किनेटा, लुंखु, सेतीबेणी हुँदै रिडी यस बर्षको बजेट देखि राष्ट्रिय राजमार्गको रुपमा छनौट भएको छ । पर्वतका ६ पालिकालाई छुने र डाडैडाँडा सेतीबेणी देखि पोखरा पुग्न सकिने पर्यटकीय सडक निर्माणका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्दै आएका थिए ।
यस्तै कालीगण्डकी लोकमार्गको घुमाउने दह–माझफाँट–कुश्मा–मिर्मि–चापाकोट–देवघाट–त्रिवेणी सडकमा ४० लाख बजेट बिनियोजन भएको छ भने कुस्माको साइकलचोक देखि गहते पोखरा हुँदै ठूलीपोखरी, खैला, आर्थर सडक, पर्वत–चिसापानी–हुवास–बराचौर–खडगकोट–बरेङ–वाग्लुङ, सहस्रधारा–टार–ततरकोट हुँदै बनौं जाने, कुश्मा–दुर्लुङ सडकमा पनि ४० लाखका दरमा बजेट बिनियोजन भएको छ ।
विगतका बर्षहरु देखि नै यी सडकमा संघीय सरकारबाट बजेट विनियोजन हुँदै आइरहेका थिए । गत बर्षहरुमा १ करोड रकम विनियोजन भएका सडहरुमा रकम अभावका कारण यस बर्ष भने रकम घटेर ४० लाख मात्र बजेट विनियोजन भएको संघीय सांसद पदम गिरीले जानकारी दिए । कोरोना संक्रमणका कारण आगामी बजेट साँघुरो हुँदा बजेटको आकार पनि घटेको सांसद गिरीको भनाई छ ।
यसैगरी गुल्मी–शान्तिपुर–पूर्तिघाट–रानीपानी–कुस्मा–दुर्लुङ–बाजुङ–लेकफाँट–घोडेपानी सडक, ठाडाकुना–लाम्पाटा–वि.क. टोल हुँदै झोलुंगे पुल सडक, बारीबेनी–बगरफाँट–बाँसखर्क, कुश्मा–छमर्के–कोटगाउँ हलहले –काफलडाँडा सडक, वारीबेनी–कोटघर–सम्मेर –बासखर्क सडक, हिमालय मा.वि.बाट कालीमाटी हुँदै घैरेनी मा.वि. जोड्ने सडकमा पनि ४० लाखका दरमा बजेट बिनियोजन भएको छ । जिल्लाका ग्रामीण सडकहरुमा संघीय बजेट विनियोजनका लागि पर्वत जिल्लाबाट प्रत्यक्ष निर्वा्चित प्रतिनिधि सभाका सांसद गिरीले निरन्तर पहल गर्दै आएका थिए ।
शहरी बिकास मन्त्रालयबाट कुस्मा नगरपालिका भित्र खर्च हुने गरि शहरी बिकासका योजनाहरुमा २ करोड २५ लाख बजेट बिनियोजन भएको छ । शहरी बिकासका लागि कुस्माको शिवालय चोकमा बसपार्क र सिटीहल निर्माणका लागि १ करोड बजेट बिनियोजन भएको छ ।
एकोहोरेपाखा–बितलब–लहरेचौपारी–टारी–वडा कार्यालय सडक कुनपा १० का लागि १५ लाख, पकुवा – छापा – ठाँटी सडक कुश्मा नगरपालिका – ११ का लागि ५० लाख, चुवा–सोती–दुर्लुङ कुश्मा नपा ८ र ३ का लागि ५० लाख तथा तस्लाचौर–मरेपिपल–बाह्रविसे–कालीमाटी हुँदै २ नं वडा जेड्ने कुनपा १ र २ का लागि १० लाख बजेट बिनियोजन भएको छ । यस बर्ष यी सडकहरु संघीय बजेटमा नयाँ थप भएका हुन् ।
भौतिक पुर्वाधार बिकास मन्त्रालयले १० वटा पुल निर्माणका लागि ५ करोड ५१ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । बागलुङ्गको जैमुनीघाट– र पर्वतको फलेबास मरेघाटमा कालीगण्डकी नदीमामा पुल र भुक सेरा बेसी नयाँ पुलमा पर्वत र सल्यान जोडने मोदी खोला पुलमा १÷१ करोड बजेट बिनियोजन भएको छ भने लाम्पाट हिमालय माविको बिचमा पर्ने खहरे खोला पुल, हुवास २ र ३को बिचमा पर्ने गल्छिनाघाट पुल, घुम्ती लाम्पाटा सडकको रिठेखोला पुल तथा मोदी ५ र ६ अम्बोटमा बन्ने मोदीखोला पुल तथा कुस्मा र ज्ञादी जोड्ने झाप्रेबगर पुलका लागि ४७ लाख ५० हजारका दरमा बजेट बिनियोजन भएको छ ।
गत बर्ष देखि नै क्रमागत आयोजनाको रुपमा रहेका पुलहरुमा यस बर्ष पनि पुनः बजेट विनियोज गरिएको र केहि नयाँ आयोजनाहरु समेत यस बर्ष थप भएको सांसद गिरीको भनाई छ ।
यस्तै बिरेठाँटी भूकमा भुरुङ्गदी खोला पुलका लागि ५० लाख , दुर्लुङ्ग र बाजुङ्ग सडकका बिचमा पर्ने अम्बोट खोलका पुलका लागि र डिमुवा राम्जा सडकमा पर्ने रतिखोला पुलमा ७ लाख बजेट बिनियोजन भएको छ ।
संघीय सरकारबाट जिल्लाका लागि अधिकतम आयोजनाहरु पार्नका लागि राष्ट्रिय सभा अध्यक्ष सहित सांसद गिरीले निरन्तर पहल गर्दै आइरहेका छन् । आयोजनाहरुमा आगामी बर्ष धेरै बजेट विनियोजन गर्न नसके पनि धेरै आयोजनाहरुमा बजेटले सम्बोधन गरेको सांसद गिरीको भनाई छ ।




