Print

भारतबाट पर्वत आएका थप २९ जनाको कोरोना रिर्पोट नेगेटिभ

१३ जेठ, पर्वत । भारतबाट सिधै प्रशासनको सम्पर्कमा रहेर पर्वत आइपुगेका २९ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार उनीहरुको रिर्पोट नेगेटिभ आएको हो । पोखरामा गरिएको परिक्षणमा उनीहरु सवैको रिर्पोट नेगेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।

भारतबाट आएका उनीहरु कुश्मा बजारमा रहेको शिवालय मावि र ब्लू एन्जल होटलको क्वारेन्टाइनमा बसेका छन् । भारतबाट हिडेको ३ दिनको दिन उनीहरु पर्वत आइपुगेका हुन् ।स्वाब संकलन गरिएका मध्ये १७ बर्ष देखि ३० बर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ति मध्ये १ जना भने ५० बर्ष उमेर समूहका छन् ।
स्वाब संकलन गरिएकाहरु मध्ये पैयू गाउँपालिकाका सवै भन्दा धेरै १५ जना रहेका छन् ।

यसैगरी फलेवास नगरपािलकाका ४ जना, विहादी गाउँपालिकाका ३ जना, महाशिला गाउँपालिकाका २ जना मोदी गाउँपालिकाका २ जना रहेका छन् । यसैगरी कुश्मा नगरपालकाका २ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् ।

अव उनीहरुलाई थप १४ दिन स्थानीय तहका क्वारेन्टाइनमा पठाइने छ । संक्रमीतको पहिलो रिर्पोट संक्रमीत विरामीको संक्रमण पुष्टि हुन कम्तिमा १ हप्ता लाग्ने भएका कारण रिर्पोट नेगेटिभ आए पनि उनीहरु कडाईका साथ सरकारी क्वारेन्टानमा बस्नुपर्नेछ । रिर्पोट नेगेटिभ देखिएपछि स्थानीय तहले ब्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नका निम्ति सिफारिस गरिने डा. देवकोटा बताउँछन् । रिर्पोट नेगेटिभ आए पछि कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा नबसेमा संक्रमण फैलने सम्भावना बढ्ने डा. देवकोटाको तर्क छ ।

यस अघि भारतबाट आएका दुई जनाको परिक्षण गरिएको थियो । उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो । योसंगै लक डाउनको अवधिमा भारतबाट आएका ३१ जनामा संक्रमण भेटिएको छैन ।