१३ जेठ, पर्वत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाका ४१ पत्रकारको कोरोना बिमा पत्रकार बीमा गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार रु एक लाखको कोरोना बीमा गराएको गरेको हो ।
कोरोना संक्रमणको सम्भावना पत्रकारलाई उच्च हुने हुँदा क्रियाशिल पत्रकारहरुको विमा गरिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिए । ब्यक्तिगत रुपमा बिमा गरीसकेका बाहेक जिल्लाका ४१ जना क्रियाशिल पत्रकार महासंघका सदस्य पत्रकारहरुको बिमा गरिएको तिवारीको भनाई छ ।
अजोड इन्सोरेन्स कम्पनीमा पत्रकारहरुको बिमा गरिएको हो । बिमा कम्पनीको पछिल्लो नीति अनुसार कोरोना पोजेटिभ पिसिआर विधि मार्फत देखिएमा रु १ लाख बराबरको रकम कम्पनीले सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्नेछ ।
जिल्लामा क्रियाशिल सञ्चारकर्मी, पत्रकारहरु रिर्पोटिङमा घर बाहिर निस्कीरहनुपर्ने भएका कारण उनीहरु थप जोखिममा रहेका छन् । महासंघका सचिव गणेश गिरीका अनुसार पत्रकार महासंघले उनीहरुको विमा गरेको हो । महासंघले कोरोनाको रिर्पोटिङ र अन्य समाचारको रिपोटिङमा जाँदा पनि संक्रमण जोखिमलाई न्यून गर्न सुरक्षा विधि अपनाउन र कोरोनाको समाचार लेख्दा अवफाह फैलाउने गरी नलेख्न पत्रकारलाई अनुरोध गरिएको सचिव गिरीले जानकारी दिए ।




