Print

पर्वतमा एक हप्तामा भारतबाट ४१ जना फर्किए

१२ जेठ, पर्वत । पछिल्लो एक हप्तामा भारतबाट पर्वत जिल्लामा ४१ जना भित्रिएका छन् । सरकारले भारतबाट नेपाल फर्कन चाहनेहरुलाई सिमानामा नरोकेपछि उनीहरु आफ्नो गृह जिल्ला पर्वत आइपुगेका हुन । प्रहरी प्रशासनसंगैको समन्वयमा उनीहरु सुरक्षित तरिकाले पर्वत जिल्ला आइपुगेका हुन ।

पर्वत आएका उनीहरु मध्ये ३८ जनाको स्वाब परिक्षण गएिको छ । ति मध्ये २ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकी ३६ जनाको रिर्पोट आउन बाँकी रहेको छ । बाँकी ३ जनाको भने परिक्षण गरिएको छैन । उनीहरुलाई प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्थित क्वारेन्टाइनमा राखिएको छ ।

शिवालय माविमा निर्मित क्वारेन्टाइन र ब्लु एन्जल होटलमा निर्मित क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा आएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।