Print

आज थप १० जना भारतबाट पर्वतमा भित्रिए, ७ जनाको स्वाब संकलन

१२ जेठ, पर्वत । भारतबाट पर्बतमा सोमबार पनि १० जना थप मानिस पर्बतमा भित्रिएका छन् । सोमबार बिहान ७ जना र दिउँसो ३ जना गरी जम्मा १० जना आज पर्बत भित्रिएका हुन् । रोजगारीको लागि भारत पुगेका उनिहरु स्थानिय प्रशासनको समबन्यमा जिल्ला भित्रिएका हुन ।

उनीहरु मध्ये सोमबार बिहान आएका ७ जनाको पिसिआर परिक्षणका लागि स्वब संकलन गरि संकलित स्वाब परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

दिउँसो पर्बत भित्रिएका ३ जनाको भने भोलि (मंगलवार) मात्र स्बाव संकलन गरिने देबकोटाले जानकारी दिए । उनीहरु सवैलाई कुश्मा स्थित शिवालय मावि र ब्लु एन्जल होटलको क्वारेन्टाइनमा राखिएको छ । भारत र तेस्रो मुलुकबाट उनीहरुको परिक्षण पछि रिर्पोट पोजेटिभ आएमा उपचारका लागि पर्वत कोरोना अस्पतालको आइसोलेसनमा राखिने भने, रिर्पोट नेगेटिभ आएमा सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्नका लागि पठाइएनेछ ।

यस अघि ३१ जना भारतबाट पर्वत आएका थिए । उनीहरु मध्ये २ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकी २९ जनाको रिर्पोट आउन बाँकी रहेको छ । यो संगै लक डाउनको अवधिमा पर्वत भित्रनेको संख्या ४१ पुगेको छ ।