Print

“विदेशबाट आउनेको पहिलो रिर्पोट नेगेटिभ आए १४ दिन पछि दोस्रो परिक्षण गरिने”

१२ जेठ, पर्वत । भारतीय सिमा खुकुलो पारिएसंगै पर्वत जिल्लामा पनि भित्रनेको संख्यामा बृद्धि भएको छ । भारतबाट नेपालमा भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने र उनीहरुको परिक्षण गर्ने चुनौति पर्वत जिल्लाको लागि चुनौतिको रुपमा थपिएको छ । यस अघि लक डाउन पूर्व जिल्लामा आएकाहरुको मा परिक्षण गरियो ।
केहि मानिससलाई मात्र क्वारेन्टाइनमा राखियो । ति सवैको रिर्पोट भने नेगेटिभ आएको थियो । अव भने संक्रमणको उच्च जोखिम क्षेत्रबाट मानिसहरु जिल्लामा भित्रने क्रम शुरु भएसंगै उनीहरुको परिक्षण कार्य चुनौतिपूर्ण देखिएको छ ।

पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले सिमाबाट सिधै क्वारेन्टाइनमा राखेर, अनुशासनपूर्वक दुई हप्ता उनीहरु क्वारेन्टाइनमा बस्ने हो भने संक्रमण नियन्त्रण गर्न सहज बताउँछन् । उनले भने–‘जिल्ला आउने सवैको दुई पटक परिक्षण गर्ने तयारी गरेका छौै’ पहिलो पल्ट गरिएको परिक्षणमा नेगेटिभ आएमा उनीहरुलाई कम्तिमा २ हप्ता अनिवार्य रुपामा गाउँपालिकाका र वडाको क्वारेन्टाइनमा राख्नुपर्छ । सदरमुकाममा पहिलो परिक्षण गरिने र रिर्पोट नेगेटिभ आएमा गाउँमा पठाइने डा. देवकोटाले बताए ।

संक्रमीतको पहिलो परिक्षण नेगेटिभ पनि आउन सक्ने भएकाले गाउँ गए पछि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ । दोेस्रो परिक्षणको रिर्पोट पनि नेगेटिभ आएमा मात्र उनीहरुलाई संक्रमीत नभएको भन्न सकिन्छ । कतिपय ब्यक्तिहरु पहिलो रिर्पोट नेगेटिभ आएमा संक्रमीत नभएको भनेर गाउँ घरमा डुल्ने र क्वारेन्टाइनमा नबस्ने हो भने त्यसले थप जोखिम निम्त्याउने डा. देवकोटा बताउँछन् ।

कतिपय मानिसहरु गाउँमा गए पछि आफू कोरोना संक्रमीत नभएको भनेर हिडडुल गर्ने, साथीभाईसंग भेटघाट गर्ने र मानिसको जमघट गर्ने सम्भावना पनि छ । गाउँमा कामको सिजन शुरु भएका कारण सामुहिक रुपमा काममा जानसक्ने पनि देखिन्छ । ‘पहिलो रिर्पोट नेगेटिभ हुँदैमा संक्रमीत नभएको भन्न सकिने अवस्था अहिले छैन ।’ डा. देवकोटा भन्छन्–‘संक्रमण शुरु भएको एक हप्ता सम्म भाइरस बृद्धि हुनलाग्ने समय भएका कारण संक्रमण नदेखिनसक्छ’ उनले भने–‘शरीरमा भाइरस प्रवेश गरेको अवधिले केहि दिन पछि परिक्षण गर्दा मात्रै यथार्थ रिर्पोट आउँछ ।’

भारतबाट जिल्ला आउने क्रममा बाटोमा वा हिड्ने बेलामा भारतै संक्रमण भएको अवस्थामा जिल्लामा आउँदा वित्तिकै रिर्पोट नेगेटिभ देखिन सक्ने भएकाले थप १४ दिन क्वारेन्टाइनमा बस्नु अनिवार्य हुने डा. देवकोटा बताउँछन् ।
सरकारले भारतबाट सिमा नाका हुँदै स्वदेश आउनका लागि खुकुलो बनाएको छ । यो संगै पर्वतमा आइतबार अबेलासम्म ३१ जना भित्रिएका छन् । यो क्रम अव भने दैनिक रुपमा शुरु हुनेछ ।

उता, तेस्रो मुलकबाट आउन चाहनेहरुलाई भने तत्काल अन्तराष्ट्रिय उडान बन्द भएका कारण रोकिएको छ । सरकारले हवाई सेवा शुरु गर्दा तेस्रो मुलु्कबाट आउने सख्या पनि हजारौ हुनेछ । यस्तो अवस्थामा संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले बिशेष योजना निर्माण गर्न जरुरी छ । तेस्रो मुलकबाट मानिस आउन शुरु गरेपछि पनि उनीहरुलाई पहिलो चरणको रिर्पोट नेगेटिभ आएपछि दोस्रो चरणका लागि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने डा. देवकोटा बताउँछन् ।