११ जेठ, पर्वत । छिमेकी मुलकबाट जिल्ला फर्केने क्रम शुरु भएको छ । शनिवार राती अवेलासम्म २४ जना भारतबाट पर्वतमा फर्केकाछन् । यस अघि भारतबाट फर्केका ५ जना गरी कुल २९ जना पर्वतको सदरमुकाम कुश्मा बजार स्थित क्वारेन्टाइनमा राखिएको छ । प्रशासन कार्यालयसंगको सम्पर्कमा रहेका सिमावर्ति क्षेत्रबाट उनीहरुलाई जिल्लामा भित्राइएको हो ।
भारतका विभिन्न स्थानमा अलपत्र परेका उनीहरु नेपाल भारतको सिमा नाकामा आएपछि प्रहरी, प्रशासनको समन्वयमा जिल्लामा ल्याइएको हो । शनिवार राती अवेला कुश्मा बजार आइपुगेका उनीहरु सवैलाई शिवालय मावि र होटल ब्लु एन्जलको क्वारेन्टाइनमा राखिएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएका सवैको आजै स्वाब संकलन गरि परिक्षणका लागि पठाइनेछ । परिक्षण पश्चात रिर्पोट पोजेटिभ आएमा आइसोलेनमा राखेर उपचार गरिनेछ भने रिर्पोट नेगेटिभ आएमा उनीहरुलाई थप १४ दिन क्वारेन्टाइनमा राख्नका लागि सम्बन्धित पालिकाहरुमा पठाइनेछ ।
प्रहरी नायव उपरिक्षक श्यामु अर्यालयका अनुसार प्रहरीकै सम्पर्कमा रहेर जिल्ला भित्रिएका उनीहरुलाई शनिवार राती अवेला क्वारेन्टाइनमा सुरक्षित तरिकाले राखिएको छ । भारतमा संक्रमणको दर निकै उच्च भएका कारण उनीहरुमा संक्रमणको उच्च जोखिम छ । क्वारेन्टाइनमा राखिएकाहरु मध्ये यस अघि २ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।
भारतबाटै फर्केका २ जनाको रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा. देवकोटाले जानकारी दिए । भारतबाट केहि दिन झण्डै ८ सयको संख्यामा पर्वत भित्रिनेको संख्या अनुमान गरीएकाले पर्वत भित्रनेहरुलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्न कुश्माका होटलहरु प्रयोग गर्न लागिएको अस्पतालका प्रमुख डा. देवकोटाले जानकारी दिए । क्वारेन्टाइन वेडको अभाव भएका कारण कुश्मा बजारका होटलहरु प्रयोग गरिनेछन् । होटलहरुबाटै उनीहरुको परिक्षण गरी रिर्पोट आए पछि उनीहरुको ब्यवस्थापन गरिने भएको छ ।
२९ जना मध्ये कुश्मामा रहेको ब्लु एन्जल होटलमा २० जना र बाँकी शिवालय माविको क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरिक्षक अर्यालले जानकारी दिए । ति मध्ये ब्लु एन्जलमा हिजो नै ८ जना रहेकोमा थप १२ जना त्यहाँ गरिएको र शिवालयम मावि पहिले नै ५ जना भएकोमा थप ४ जनालाई पनि सो क्वारेन्टाइनमा राखिन लागिएको अर्यालले जानकारी दिए ।




