२२ वैशाख, पर्वत । कोरोना भाइरस कोभिड–१९को संक्रमण सम्भावना भएको भन्दै देशभर लक डाउनको घोषणा गरिएको छ । वितेको ४२ दिन देखि लक डाउन निरन्तर रुपमा छ ।
कोरोना भाइरसको संक्रमण कायम रहेको भनिएता पनि पर्वत जिल्ला अस्पतालमा ज्वरोका विरामी नगन्य रुपमा छन । न्यून संख्यामा मात्र ज्वरो, रुघा र खोकीका विरामी अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । मौसम परिर्वतन हुने समयमा भाइरल ज्वरोका विरामीको संख्या उच्च हुने गर्छ ।
विगतका बर्षहरुमा मौमस परिर्वतन हुने चैत, वैशाख महिनामा भाइरल ज्वरोका विरामी दैनिक ४० देखि ५० को सख्यामा आउने गर्दथे । डा. देवकोटा भन्छन–‘अहिले लक डाउनको अवधिमा पनि यो संख्या पुगेको छैन ।’ भाइरल ज्वरो नदेखिएको वा ज्वरो भएर पनि उपचारका लागि विरामी अस्पताल नआएका हुनसक्छ । डा. देवकोटाले घरमै बसेर स्वास्थ्यको ‘केयर’ गरका कारण पनि विरामी नभएको हुनसक्न बताउँछन । केहि विरामीहरु आइसोलेसनमा बस्नुपर्ने चिन्ताले अस्पतालमा नआएको पनि हुनसक्ने उनको अनुमान छ ।
यतिबेला घरमै बसेका र लक डाउनका कारण वातावरणीय प्रदुषण पनि नभएका कारण विरामीको संख्या निकै कम भएको पनि हुनसक्ने उनले बताए । अस्पतालमा आएका सवै ज्वरोका विरामीलाई कोरोना संका नगरिने समेत उनले बताए । ट्रसिङ गर्दा उनीहरुको ट्राभल हिस्ट्री र औषधिले पनि ज्वरो निको नभएमा मात्र कोरोना आशंकमा परिक्षण गरिने डा. देवकोटाको भनाई छ ।
ज्वरोका विरामीको उपचार स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा नगर्न यस अघि अनुरोध गरिएका कारण केहि विरामीहरु त्यहाँबाट ‘रिफर’ भएर जिल्ला अस्पतालमा पनि आएका छन् ।




