Print

पर्वत अस्पतालका २ जना स्वास्थ्यकर्मीको पनि कोरोना परिक्षण गरियो

२२ वैशाख, पर्वत । कोरोनाको उपचारमा खटिएका पर्वतका दुई जना स्वास्थ्यकर्मीको पनि कारोना परिक्षण गरिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशि देवकोटाका अनुसार सोमबार दुई स्वास्थ्यकर्मीको थ्रोड स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

दुवै जनाको कोरोना परिक्षणको रिर्पोट भने नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए । सोमबार बेलुका नेगेटिभ रिर्पोट आएका ३ जना मध्ये २ जना स्वास्थ्यकर्मी पनि रहेका थिए ।

उपचारमा संग्लन्न स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमणको उच्च जोखिम भएका कारण उनीहरुको थ्रोड स्वाब संकलन गरि परिक्षण गरिएको अस्पतालले जनाएको छ । स्वाब संकलन गरी परिक्षणका लागि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयमा रहेको क्षेत्रीय प्रयोगशालामा पठाइएको थियो ।