Print

बागलुङकी कोरोना संक्रमीत १९ बर्षिया युवतीको पाँचौ रिर्पोट नेगेटिभ

११ वैशाख, पर्वत । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवतिको पाँचौँ कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बानपा ४ कुँडुलेकी १९ वर्षीया युवतीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। उनको स्वाब परिक्षणको लागि बुधबार पोखरा पठाइएको थियो । उनको रिपार्ट बिहिबार दिउसो आएको गुरौँले बताए ।