Print

जलजला र मोदी गाउँपालिकामा ब्यक्तिगत सर्वेक्षणका लागि गुगल फाराम तयार

१ वैशाख, पर्वत । जलजला गाउँपालिका र मोदी गाउँपालिकाले आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाहरुले जनाएका छन ।

हरेक विपत्तिमा राहत तथा पुर्नस्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । ‘ जलजला गाउँपालिकामा स्थायी घर भै विदेशमा रहनुभएका साथै देशका विभिन्न स्थानमा रहनुभएका व्यक्तिहरूलाई तत्काल गर्नुपर्ने उद्दार एवं भविष्यमा गर्न सकिने सहयोगका लागि तथ्यांक आवश्यक परेकाले गुगल फारममार्फत डाटा संकलन गर्ने प्रयास गरेका हौं ।’ अध्यक्ष मल्लले भने भयो ।

सूचना प्रविधिको राम्रो उपयोग गर्दै आएको गाउँपालिकाले हाल देश लकडाउनको अवस्थामा रहेको समयमा पनि नागरिकका लागि अनलाइन प्रविधिमार्फत आफ्नो सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार लिंक खोली एक मिनेटमा फारम भर्न सकिने छ । गाउँपालिकाहरुले संसारका जुनसुकै ठाउँमा भएका आफ्ना नागरिकलाई फाराम भरी सर्वेक्षणमा सहभागी हुन अनुरोध समेत गरेको छन् ।

देश र विदेशका विभिन्न ठाउँमा रहेका स्थानीनबासीको जानकारी लिई उनीहरुलाई आवश्यकता अनुसार सयहोग गर्ने उद्देश्यले अनलाइन फारम तयार गरिएको मोदी गाउाँलिकाका प्रवक्ता बिमल लामिछानेले बताए । उनले सवै जनाले अनलाईन मार्फत उक्त फार्म भर्न पनि अनुरोध गरे ।