Print

कुश्माका सहकारीहरुमा आन्तरीक कारोबार शुरु

८ वैशाख, पर्वत । कोरोना संक्रमणका त्रासका कारण विगत २८ दिन देखि कारोबार बन्द गरेका वचत तथा ऋण सहकारीहरुले  कारोबार शुरु गरेका छन । सरकारले लक डाउनको घोषणा गरीरहेको बेला जिल्लाको सदरमुकाममा रहेका केहि सहकारीहरुले भने अत्यावश्यक सेवा दिन शुरु गरेका हुन ।

सरकारले अत्यावश्यक वैकिङ कारोबार बन्द नगर्नु भने पनि कोरोना त्रासका कारण बन्द भएका सहकारीहरुले आन्तरीक रुपमा कारोबार शुरु गरेका हुन ।

धनेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष नवराज गिरीले सहकारी मार्फत ऋण लिएका ऋणीहरुलाई किस्ता तिर्न तथा अत्यावश्यक कामका लागि ऋण लिन समेत सहकारीको कारोबार खुल्ला गरिएको बताउँछन । कारोबारका लागि सवै सदस्यहरुलाई फोन सम्पर्क गरी सहकारीमा आउन आग्रह गरिएको गिरीको भनाई छ । केहि सहकारीहरुले चैत महिनाको ब्याजमाा १० प्रतिशत छुट दिने समेत निर्णय गरेका छन । केहि सहकारीहरुले हर्जना समेत मिना गर्ने निर्णय गरिसकेका छन ।

वैंकिङ कारोबार खुल्ला भएको अवस्थामा सहकारीहरुका कारोबार पनि खुल्ला हुन्छन । वगैंचा वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दिपेन्द्र केसीका अनुसार दैनिक २ देखि ३ घण्टा सहकारीको नियमित कारोबार शुरु गरिएको बताए । सहकारीहरुमा वचत गर्ने शुन्य प्रायः हुने भए पनि ऋण प्रवाह र किस्ता भुक्तानीको काम भने शुरु भएको केसीको भनाई छ ।

सहकारीका सञ्चालकहरुले यसअघि नै सहकारीमा अत्यावश्यक कामका लागि भने फोन सम्पर्क मार्फत सेवा प्रवाह गर्दै आइरहेका थिए । जिल्लामाा रहेका वैंकहरुले पनि आन्तरीक रुपमा सेवा प्रवाह गरीरहेका छन । केहि घण्टाका लागि सर्वसाधारणहरुलाई अत्यावश्यक सेवा लिनका लागि वैंकहरुले यस अघि नै आग्रह गरीरहेका छन ।

जिल्लामा झण्डै ५ सय भन्दा बढि संख्यामा सहकारीहरुरु दर्ता भएपनि कारोबार गर्ने सहकारीहरु भने न्यून छन । सदरमुकाम कुश्मा बजारमा मात्र ४ दर्जन भन्दा बढि सहकारीहरुले औपचारिक कारोबार गर्दै आइरहेका छन ।