Print

चट्याङबाट पर्वतको शंकरपोखरीमा १ जनाको मृत्यु

७ वैशाख, पर्वत । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु । पर्वतको फलेवास -३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ ।

आज दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको प्रहारी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घरमै बसिरहेकी भुषालको चट्याङका कारण मृत्यू भएको हो । आजै जिल्लाको दक्षिणी क्षेत्रमा असिना सहितको बर्षात भएको छ । असिनाका कारण बालीनाली ठूलो क्षती पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।