गणेश गिरी
/केहि हप्ताहरु बिते
अझै केहि हप्ताहरु बित्नेछन्
म लुकेर बसेको छु
एकान्तबासमा,
मृत्युसँग डराएर
मलाई मर्न देखि डर छ
त्यसैले,
म लुकेर बसेको छु
मृत्युसँग,
मेरा अनगिन्ती सपना छन्
विस्मृतिहरु छन कल्पनाका
मलाई डर लागेको छ,
ति पुरा हुँदैनन की
त्यसैले,
म मृत्युसँग लुकेको छु ।
हृदयमा चाहना छ,
अझै धेरै बाँच्ने
मनमा धेरै सपना छन्,
एउटा गाडी किनूँला
ठूलो शहरमा
बुद्धको नगरमा
एउटा सितल घर बनाउँला
अग्ला पहाडका बाटामा
गीतका धुन सुन्दै
केहि किलोमिटर यात्रा गरौँला
त्यसैले
म मृत्यु सँग लुकेको छु ।
कोहि मान्छे भेट्नु छ
नजिकै बसी वात गर्नु छ,
कतै ति सपनाहरु
बिलिन हुन्छन की भनी
मृत्यु देखि लुकेको छु,
अझै धेरै हेर्नु छ,
अझै धेरै गर्नु छु,
धेरै पर सर्नु छ,
मलाई बाँच्ने रहर छ,
त्यसैले
म मृत्यु देखि लुकेको छु ।
लुकेर सधँ बाँचिँदैन
त्यो पनि थाहा छ मलाई
एक दिन मरिन्छ नै
त्यो पनि थाहा छ मलाई
मृत्यु कति कठिन होला
एक दिन परलोक पुगिन्छ नै
मृत्युको त्यो डरले
आज भने लुकेको छु,
अर्को जुनी थाहा छैन,
यहि जुनीमा
धेरै कुरा देख्नु छ
एउटा कुरा हेर्नु छ,
धेरै गुन तिर्नु छ,
यसैले म,
मृत्यु देखि लुकेको छु
रोग देखि भागेको छु,
विमार देखि तर्सेको छु
धेरै सपनाहरु आँखामा छन्
ति सपना पुरा गर्न
मृत्यु देखि लुकेको छु
मृत्यु देखि तर्सेको छु ।।।




