Print

पर्वतमा लक डाउनको उल्लङघन गर्ने १४ जना पक्राउ, ७ मोटरसाइकल नियन्त्रणमा

२६ चैत, पर्वत । सरकारले घोषणा गरेको लक डाउनलाई उल्लघन गर्ने १४ जनालाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ

। लकडाउनको अवधिमा समूहमा अत्यावश्यक बाहेकका काममा निस्कने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी लक डाउनको अवधिमा अनुमति विना सवारी चलाउने ७ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।