२६ चैत, पर्वत । लक डाउनको समयमा अत्याबश्यक खाद्यय सामाग्री बिक्री गर्ने नाममा मदिरा ओसारप्रसार गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्बतबाट खटिएको बिशेष प्रहरी टोलीले फरक मिति र स्थानहरुमा चेकजाँच गर्ने क्रममा खाद्यान्न बोक्ने नाममा मदिरा ओसारेको भेटेको हो ।
जिल्ला प्रहरी कार्यालयले ग १ ज ७२११ र लु १ ज ३५३८ नम्बरको बोलेरो जीप चेक जाँच गर्ने क्रममा ४८ बोतल अबैध मदिरा, २ कार्टुन ड्रागन बियर र ३०० बोतल पानस नामक मदिरा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनलाई प्रचलित कानुन अनुसार आवाश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।




