Print

कोरोना संक्रमण थप जोखिममा, राहतका कारण कुश्मामा भने चहलपहल बढ्यो

२३ चैत, पर्वत । कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको सरकारले घोषणा गरेको छ । पहिलो चरणमा विदेशबाट फर्केकाहरुमा मात्र कोरोना संक्रमण भेटिएको नेपालमा दोस्रो चरणमा नेपाल भित्र नै बसेकाहरुलाई स.क्रमण देखिएपछि सरकारले कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । संक्रमणको सम्भावना बढिरहेको सरकारले घोषणा गरेपनि सरकारकै अर्को घोषणाले भने जोखिमलाई थप उचाईमा पुराएको छ । लक डाउनको अवधि दोस्रो हप्ता पनि नसकिदै विपन्न परिवारका लागि भनेर वितरण गरिने राहतले मानिसको चहल पहल बढेकोमा डाक्टरहरु स्वयम्ले चिन्ता ब्यक्त गरेका छन ।

पर्वत जिल्ला अस्पतालका डा. शिशिर देवकोटोले पछिल्लो दिनमा बढिरहेको राहत वितरणको चहलपलहका कारण जोखिम अझै बढेको बताउछन । उनले भुकम्पको राहत वितरण जस्तो प्रतिस्पर्धा गरेर राहत बाड्ने अवस्था अहिले नै आइनसकेको बताए । प्रतिस्पर्धा गरेर राहत वितरण कार्यमा अहिले नै नजुट्न डा. देवकोटा आग्रह गर्छन ।

राहत वितरणको लागि संघ संस्थाहरुको जम्मो टोली जम्मा हुने, फोटो सेचन गर्ने र राहत लिनेहरुको भीड जम्मा हुदा संक्रमण फैलने थप सम्भावना हुन्छ । एक जनालाई मात्र संक्रमण लागेको भए त्यो संक्रमण सवैमा फैलने जोखिमलाई कम गर्नका लागि राहत वितरण प्रक्रियालाई निकै ब्यवस्थित स्थानिय पालिकाहरुले बनाउनुपर्छ ।

यति बेला संघ सस्थाहरुले प्रतिस्पर्धाको रुपमा कस्ले कति सहयोग गर्ने भन्ने होडबाजी चलेको देखिन्छ । केहि स्थानीय तहले सिधै वैक खातामा सहयोग रकम जम्मा गर्न संस्था तथा ब्यक्तिलाई आब्हान गरेपनि कुश्मा नगरपालिकामा भने संस्थाका प्रतिनिधिहरुले मानिस जम्मा गर्ने र भाषण बाजी गरेर राहत वितरण कार्य गरीरहे पछि डा. देवकोटाले यस्तो धारणा सार्वजनिक गरेका हुन ।

संस्थागत राहत वितरण गर्दा संस्थाको प्रतिनिधि मात्र पालिकामा सम्पर्क गरेर राहत दिन सकिन्छ । तर संस्थागत रुपमा हुने राहत हस्तान्तरणमा संस्थाका सवै जना भिडको रुपमा उपस्थित हुने प्रक्रिया शुरु भएको छ । उता, राहत लिन आउनेहरु पनि भिड बाँधेर राहत लिन आउने क्रम शुरु भएको छ । यसले राहतको नाउँमा संक्रमण ब्यवस्थित रुपमा फैलने स्वास्थ्यकर्मीहरुले बताएका छन ।