२३ चैत, पर्वत । कोरोना संक्रमणका उच्च जोखिममा रहेको बागलुङ जिल्लामा लक डाउनलाई प्रहरीले कडाई गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालेको हो ।
प्रहरीले आइतबार बिहान मात्रै ४० जना पक्राउ गरेको छ । बजारमा खुलेआम हिड्ने र सवारी चालाउनेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसी जानकारी दिए ।
सरकारले घोषणा गरेको लकडाउन पालना नगर्नेलाई कडा पक्राउ गरि कडा कारवाही गरिने उनले बताए । बागलुङमा २ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । नेपाल सरकारले मन्त्रीपरिषदको वैठकबाट बागलुङमा ¥यापिट टेष्ट बढाउने घोषणा समेत गरेको छ ।
उच्च जोखिममा रहेको बागलुङमा अनावश्यक काममा घरबाट बाहिर निस्कनेलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
एता छिमेकी जिल्ला पर्वतमा भने प्रहरीले कसैलाई पनि पक्राउ गरेको सार्वजनिक गरेको छैन ।




