२२ चैत,पर्वत । वेल्जिएमबाट नेपाल फर्केकी बागलुङकी ६५ बर्षिया महिलाका पर्वतका आफन्तको रिर्पोट नेगेटिभ आएको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ८ चुवाका दुई आफन्तको रिर्पोट नेगेटिभ आएको पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा. शिशिर देवकोटाले जानकारी दिए ।
संक्रमीत महिलाको सम्पर्कमा आएका दुई जनाको ल्याव परिक्षण नेगेटिभ आएको हो । २३ बर्षिया महिला र ४५ बर्षिया एक पुरुषको परिक्षण गरिएको थियो । दुवैको ल्याव रिर्पोटमा कोरोना संक्रमण नदेखिएको डा. देवकोटाको भनाई छ ।
यस अघि पर्वतबाट ४ जनाको परिक्षण गरिएको थियो । परिक्षण गरिएका ४ जनाकै परिक्षण नेगेटिभ आएको थियो ।




