Print

बागलुङका ६ बर्षिया बालकमा पनि देखिएन कोरोना संक्रमण

२१ चैत, पर्वत । बागलुङ जिल्लाका ६ बर्षिया बालकमा पनि कोरोना संक्रमण नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका  स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माद्धारा आज जारी विज्ञप्तिमा बागलुङ जिल्लाको ताराखोलाका ६ बर्षिया बालकमा पनि कोरोना संक्रमण नेगेटिभ देखिएको जनाइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा ति बालकको रिर्पोट नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ । बालक हाल प्रतिष्ठानकै बच्चा वार्डमा उपचार गराईरहेका छन । उनको अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

शर्माद्धारा जारी विज्ञप्तिमा बागलुङमा भेटिएका दुई जना संक्रमीतको अवस्था पनि सामान्य रहेको जनाइएको छ ।