Print

अस्पतालमा राखिएका युवाको परिक्षणको रिपोर्ट आज बेलुकासम्म आइपुग्ने

१५ चैत, पर्वत । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाइ आइसोलेसनमा भर्ना गरिएको छ ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका युवालाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।

अस्पतालमा भर्ना गरिएका युवालाई संक्रमणका लक्षण भने नदेखिएको डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार लक्षण नदेखिए पनि उनी संक्रमित किशोरीसंगै आएका कारण उनको परिक्षण गरिएको छ । स्बाव परिक्षणको लागि शुक्रबार वेलुका नै काठमाण्डौं पठाइएको डा. देवकोटाले बताए । उनको रिर्पोट आज साँझसम्म आइपुग्ने देवकोटाको भनाई छ ।

बागलुङ्ग जिल्लामा घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बसेका ती युवालाई परिक्षणका लागि आइसोलेसनमा राखिएको हो ।
‘युवती संगै एउटै बिमानमा आएका कारण परिक्षणका लागि आइसोलेसनमा राखिएका ति युवाको अबस्था सामान्य छ ।’ ति युवा कुश्मामा दिदिसंगै कोठामा बस्दै आएको बताईन्छ ।