Print

अति विपन्न परिवारलाई मोदी गाउँपालिकाले राहत दिने, कोरोना विरुद्ध गाउँपालिकाको यस्तो छ तयारी

चैत १५, पर्वत । चिनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) नाम भाइरसका कारण नेपाल सरकारले एक हप्ते डक डाउनको घोषणा गरेको छ । उक्त भाइरस नेपालमा पनि देखा परेको र त्यसले महामारीको रुप लिनसक्ने भन्दै सरकारले एक हप्ताका लागि लक डाउन गरेको हो । सरकारी अधिकारीका अनुसार लक डाउन अझै लम्बिनद सक्ने सम्भावना छ ।

यो अवधिमा मजुदरी पेशामा लागेकाहरुको गाँसको समस्यालाई मध्यनजर गर्दै पर्वतको मोदी गाउँपालिकाको भने राहत दिने घोषणा गरेकोे गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार गाउँपालिकाका भित्रका कोहि पनि मजदुर, किसान जो अतिविपन्न छन उनीहरुलाई लक्षित गरी राहत उपलब्ध गराईनेछ । पहिलो चरणका लागि हाल ३ लाख बराबरको राहत कोष स्थापना गरिएको लामिछानेको भनाई छ ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने किसानहरु लक डाउनका कारण घरमै बस्न बाध्य छन । लामिछाने भन्छन–‘मोदी गाउँपालिका कोहि पनि घरमा भोकै बस्न नपरोस भन्ने कुरामा सचेत छ ।’ उनले थपे–‘पालिका भित्रका सवै विपन्न परिवारको चुल्हो आगो बाल्ने जिम्मा हाम्रो हो ।’ आर्थिक रुपमा विपन्न परिवारलाई लक डाउनले निकै प्रभाव पारेको हुँदा ति परिवारका लागि वडाअध्यक्षहरुको सिफारिसमा हालका लागि केहि राहत उपलब्ध गराउने निर्णय भएको लामिछानेले जानकारी दिए ।

पालिका भित्र आर्थिक वर्गिकरण भईनसकेका कारण विपन्न परिवारको तथ्यांक यकिन नभए पनि वडा कार्यालयको सिफारिस र आर्थिक अवस्था हेरेर उनीहरुलाई हालका लागि खाद्यन्न सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिका भित्र ८ वटा वडाहरु रहेका छन । अधिकांश वडाहरुमा विपन्न र मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार रहेको लामिछानले बताए । तिनिहरुले अव गाउँपालिकाको सहयोगमा दैनिक हातमुख जोर्न सक्नेछन ।

महामारीको सम्भावना सहित फैलिएको कोभिड १९ नाम भाइरस रोकथामका लागि गाउँपालिकाले विशेष योजना समेत बनाएको लामिछाने जानकारी दिए । साविक धौलागिरी अञ्चलका ४ वटै जिल्लाको मुख्य प्रवेश नाका मोदी गाउँपालिका भएका कारण पनि गाउँपालिका भाइरसको उच्च जोखिममा रहेको लामिछानेको भनाई छ । उनले गाउँपालिकै अग्रसरतामा डिमुवा बजार क्षेत्रमा निरन्तर रुपमा हेल्थ डेक्स सञ्चालन भईरहेको जानकारी दिए ।

भाइरस न्यूनिकरण गर्नका लागि सवै वडाहरुले विदेशबाट हालसालै घरमा फर्किएकाहरुको विवरण तयार गरी उनीलाई होम क्वारेन्टाइनमा बस्न निगरानी गरिएको लामिछानको भनाई छ । विदेशबाट फर्किएकाहरुमा सामान्य पनि भाइरसका लक्षणहरु देखिएमा तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राख्न तयारी गाउँपालिकाले गरीरहेको लामिछानेले बताए ।