Print

पर्वतमा ‘लड डाउन’ : बजार सुनसान, गाउँघरमा चहलपहल, गोरु काटेको अभियोगमा दुई जना पक्राउ

१५ चैत, पर्वत । लकडाउनका लागि बजार क्षेत्रहरु सुनसान बनेका छन । भाइरस संक्रमणको डरले बजारका मानिसहरु घर भित्रै बसेपनि गाउँघर तिर भने प्रभाव कम देखिएको छ ।

कतिपय गाउँघरमा मानिस जम्मा भएर जुवा तास खेल्ने, खसी बोका काटेर खाने र सामूहिक मेलापात गर्ने काम भईरहेको बताईन्छ । यसैक्रममा पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङमा कानुन विपरित मासु खाने उद्देश्यले गोरु काट्दै गरेको अवस्थामा प्रहरीले तीन युवालाई रंगेहात पक्राउ गरेको छ ।

चैत १४ गते शुक्रबारका दिन विहान १० बजेको समयमा गोरुको टाउको छिनाइसकेको अवस्थामा प्रहरीले युवाहरुलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो ।
घटनामा संलग्न महाशिला २ भोक्सिङका १६ बर्षिय सुजन गुरुङ, सोही स्थानका २७ बर्षिय लोकेन्द्र गुरुङ र महाशिला १ होश्राङदीका २७ बर्षिय पिताम्बर भूसाललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा रहेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट जिल्ला प्रहरी कार्यालय पर्वत चलान गरिएको लुंखुमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद पनेरुले जानकारी दिए ।

नियन्त्रणमा रहेका युवाहरुले पर्वत जिल्ला अदालतमा गौवध अन्तर्गत मुद्धा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।