Print

फलेवास नगरपालिकामा विदेशबाट फर्किएका ६५ जना

१३ चैत ,पर्वत । पर्वतको फलेवास नगरपालिकाले चैत महिनामा बिदेशबाट आउनेहरुको लागी घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

पछिल्लो समय नगरपालिकामा त्रित्रिएका ६५ जनाको विवरण तयार पार्दै विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगीन घरमै बस्न र विदेशवाट आएका अन्य व्यक्तिहरुसंग १४ दिनसम्म सम्पर्कमा नरहन आग्रह गरेको हो ।

नगर प्रमुख पदमपाणी शर्माले आज एक बिज्ञप्ती जारी गर्दै पछिल्लो समय नगरपालिकामा त्रित्रिएकाहरुको परिवार तथा व्यक्तिहरुलाई नगर वा वडाकार्यालयमा सम्पर्कमा रहन समेत आग्रह गरेका हुन ।

उनले यस बिषम परिस्थितीमा घर बाहिर ननिस्की आफु र परिवार सुरक्षित रहन समेत नगरपालिकाबासीहरुलाई अनुरोध गरेका छन ।