Print

‘भिर्नि झोलामा’ एक करोडले हेरे

१३ चैत, पर्वत । “भिर्नी झोला”मा नामक गीत करोड क्लबमा दर्ता भएको छ । यूटुवबाट सार्वजनिक भएको उक्त गीत १ करोड भन्दा बढि पटक हेरिएको हो।

गीतमा कृष्ण अखेली र सरस्वती लामिछानेको स्वर रहेको छ । कोरस आवाजको लागि दिइएको सामूहिक आवाजमा भने कलाकारहरू याम क्षेत्री, खेम सेन्चुरी, सरीता कार्की र वसन्त थापा मगरले स्वर भरेका छन् ।

गीतको लागि शब्द रचना शिव अखेलीले गरेका हुन भने सङ्गीत कृष्ण अखेलीको नै रहेको छ । गीतको म्युजिक भिडिओमा पछिल्लो समयका म्युजिक भिडिओको निर्देशन सुनिल क्षेत्रीले  निर्देशन र अभिनय गरेका छन् भने उनीसँगै रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय र नृत्य रहेको छ ।

केहि सिमित लोक गीतहरुले मात्र करोड दर्शक पाएको बेला भिर्नि झोलाले नयाँ रकेर्ड राखेको गीतका गायक अखेलीले जानकारी दिए । यूटुवमा लोकगीतहरु पनि हेरिन्छ भन्ने यो पछिल्लो उदाहरण भएको अखेलीको भनाई छ । यहि गीतका कारण अखेलीले पछिल्लो समय चर्चा बटुलिरहेका छन । स्टेजहरुमा उनको माग हुन थालेको छ ।