९ चैत, पर्वत । सरकारले २५ जना भन्दा बढि मानिस एक ठाउँमा जम्मा नहुने गरी देश भर लकडाउनको घोषणा गरेको छ । लामो दुरीका सवारी साधन भोली देखि बन्द हुँदैछन ।
घरबाट अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ । भिडमा नजान र बाहिर हिड्दा माक्स प्रयोग गर्न सरकारको अनुरोध छ । कोराना संक्रमबाट बच्नका लागि सरकारले यस्तो अनुरोध गरेको हो ।
सर्वसाधरणका लागि गरिएको यो अनुरोध भने अधिकांश सर्वसाधारणले अटेर गरेको भेटिन्छ । आइतबार मात्रै पर्वत सदरमुकाम कुश्मा बजारका वैंकहरुमा निकै ठूलो भिड लागेको छ । कोरोना भाइरसको उच्च जोखिममा रहेका भनिएका बृद्ध बृद्धाहरु नै बजारमा घण्टौ लाइनमा बसेका छन । उनीहरु बृद्धभत्ता लिनका लागि
वैंकहरुमा लाइनमा बसेका हुन । योसंगै सरकारले गरेको घोषणा उल्लंघन देखिएको छ ।
यो संगै जिल्ला प्रशासन कार्यालयले कुश्मा नगरपालिकाका वडाअध्यक्षहरुलाई सोमबार देखि बुद्धहरुलाई वैंकमा नपठाउन निर्देशन दिएको छ । प्रमुख जिल्ला
अधिकार कल्पना घिमिरे नेपालले नगरपालिका र वडाअध्यक्षहरुलाई सोमबार देखि अत्यावश्यक बाहेकका काममा वैंकिङ सेवा प्रयोग नगर्ने निर्देशन दिएको बताईन । उनले नगरपालिकाले वैंकमा भत्ता ढिला राखिदिएका कारण वैंकहरुमा बृद्धहरुको निकै ठूलो भिड लागेको भन्दै त्यस विषयमा वैंकका शाखा प्रमुखहरुलाई पछि छलफल गरिएको जानकारी दिईन ।
सडिओ नेपालले नगरपालिका भित्रका वडाअध्यक्षहरुले अत्यावश्यक भएका बृद्धहरुको रकम चेक मार्फत आफैले निकालेर दिने तर कु्नै पनि बुद्धहरुलाई वैंकमा नपठाउन आग्रह सहित निर्देशन दिइएको जानकारी दिईन ।
आइतबार दिनभर कुश्मा बजारका वैक र चोकहरुमा सयौको संख्यामा बृद्धहरु लाइनमा बसेका छन ।




