Print

कार्यक्षेत्रमा उच्च सर्तकता अपनाउन र भ्रमपूर्ण समाचार नलेख्न पत्रकार महासंघ पर्वतको आग्रह

९ चैत, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्बतले कोविड–१९ को जोखिमलाई ध्यान दिँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गरेको छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा सञ्चारकर्मीलाई पुर्बसर्तकता अपनाउन पनि आग्रह गरिएको छ।

जिल्ला शाखा पर्बतले आईतबार एक बिज्ञप्ती निकाली समाचार संकलन तथा सम्प्रेषण गर्न सार्वजनिक स्थल, अस्पताल तथा स्बास्थ केन्द्र, बिभिन्न सभा समारोह र भिडभाड भएको ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकोले पुर्ब सर्तकर्ता अपनाउन सबै सञ्चारकर्मीहरुलाई अपिल गरेको हो ।

पत्रकार तथा सञ्चार प्रतिष्ठानहरुको कार्य स्थलमा खटिने पत्रकारहरुको लागि पुर्बसर्तकताको तयारी गर्न र आबश्यक सामाग्रीको तयारी गर्न नेपाल सरकार, प्रदेह सरकार र स्थानिय सरकारसंग आग्रह समेत गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जिल्लामा रहेका सबै सञ्चार माध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

यसैगरी भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासंघका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने बिज्ञप्तीमा जनाईएको छ ।