कोरोना विरुद्धको अभियान : पर्वत अस्पतालमा ३ शैयाको आइसोलेयशन कक्ष तयार गरिने

२९ फागुन, पर्वत । कोरोना भाईरस विरुद्ध सावधानी अपनाउने विषयमा सांसद पदम गिरी सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरे लगतै अस्पतालमा ३ वेडको आइशोलेयशन कक्षको स्थापना गरिने भएको छ ।

महामारीको रुपमा फैलदै गरेको कोरोना (कोभिड–१९) विरुद्धको तयारीको विषयमा जानकारी लिन सांसद सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको थियो । चिनको वुहान प्रान्तबाट फैलिएको भाइरसले संसारका झण्डै ३५ सय भन्दा बढिको ज्यान लिईसकेको छ । संक्रमण १ लाख भन्दा बढि मानिसमा देखिइसकेको छ । यो भाईरस नेपालमामा पनि भित्रन सक्ने र त्यसले पर्वत जिल्लाबासीलाई समेत प्रभावित पार्न सक्ने भन्दै सांसद गिरीले त्यसको तयारीमा जुटन् अस्पतालको अनुगमन गरेका थिए ।

चीनबाट नेपाल फर्केका एक युवालाई भाइरस देखिएको पुष्टि भईसकेकाले नेपालमा यो संक्रमण फैलनसक्ने उच्च सम्भावना रहेको भन्दै गिरीले अस्पतालले विरामीको उपचारमा उच्च शर्तकता अपनाउन तयारी गर्नुपर्ने अनुगमनमा बताएका थिए । उनले विरामीलाई आवश्यक पर्ने अन्य औषधिहरु, माक्सको ब्यवस्थापन र आइसोलेसन वार्डको ब्यवस्थापनको विषयमा गिरीले चासो ब्यक्त गरेका थिए ।

अस्पतालले अहिले ३ जना विरामीलाई राख्न मिल्ने गरी वार्डको निर्माण गर्न शुरु गरेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । उनले भवनको अभाव भएका कारण वार्ड निर्माण गर्न समस्या परेको समेत बताए । नयाँ भवन निर्माणको चरणमा रहेका कारण अरु वार्ड तयार गर्न अस्पताललाई समस्या परीरहेको डा. देवकोटाको भनाई छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले लैगिंक हिंसा पिडितको उपचारका लागि तयार पारिएको कोठा प्रयोग गरी हाल ३ वेर्डको आइशोलेसन कक्षको निर्माण गर्न लागिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हिंसा पिडितको लागि तयार गरिएको कोठा प्रयोग गरी आइसोलेशन कक्ष निर्माण गर्न निर्देशन दिईसकिएको जानकारी दिईन । भाइरससंग जुघ्नका लागि आवश्यक पूर्वाधारको तयारी गर्न अस्पताल तयार रहन निर्देशन दिए पनि कतिपय सामाग्रीहरुको भने अस्पतालमा अभाव रहेको नेपालको भनाई छ ।

यो पनि पढौं

सांसद गिरीद्धारा पर्वत जिल्ला अस्पतालको अनुगमन, कोरोना विरुद्धको तयारी तत्काल गर्न निर्देशन

‘नेकपा पर्वतको पार्टी कार्यालय खाली गरेर आइसोलेशन वार्डको स्थापना गरौं’–युवा नेता लामिछाने