Print

कुश्मा बजारका फुटफाट ३ दिन भित्र खाली गर्न सिडिओ घिमिरेको निर्देशन

२१ फागुन, पर्वत । प्रमुख जिल्ला अधिकारी (सिडिओ) कल्पना घिमिरे नेपालले पर्वतको शान्ति सुरक्षा र कार्यालयका प्रगति सार्वजनिक गरेकी छिन ।
प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेको ८ महिनाको अवधिमा कार्यालय मार्फत सम्पादन भएका प्रगतिहरु सार्वजनिक गर्दै घिमिरेले कुश्मा बजार भित्रक फुटफाटमा राखिएका सामान हटाउन निर्देशन दिएकी छिन ।

घिमिरेले कार्यालयद्धारा ८ महिनाको अवधिमा सम्पन्न कामको समिक्षा गर्दै जिल्लाको शान्ति सुरक्षाको विषयमा आफू सधै संवेदनशिल रहेको समेत बताईन ।

उनले सदरमुकाम क्षेत्रमा निर्माण हुँदै गरेको सडकका कारण सवारी आगमन र यात्रुहलाई असहजता भईरहेको भन्दै भरखरै निर्माण भएका फुटफाटहरुमा ब्यापारीहरुले सामान राख्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको समेत बताईन ।

उनले बजार निरिक्षण गरी ३ दिन भित्र फुटफाट खाली गरी पैदल यात्रुलाई सहज बनाउन ब्यापारीलाई चेतावनी दिएको जानकारी दिइन । पहिलो महिला सिडिओको रुपमा पर्वतमा कार्यभार सम्हालेकी नेपालले राजश्व तथा धरौटी संकलनमा एकद्धार प्रणाली लागु भएको जानकारी दिइन ।

बर्ष २०७६/७७ को अर्धवार्षिक बुलेटिन सार्वजनिक गर्दै उनले कार्याल्य भित्र इजलाश कक्ष निर्माण भएको, पुस्ताकालयको स्थापना गरिएको तथा जिल्लाका सार्वजनिक ज ग्गाहरुको लगत तयार पारिएको समेत उनले जानकारी दिइन । अभिलेख ब्यवस्थापन, वडापत्रको ब्इवस्था तथा गुनासो फछ्यौट फारमको ब्यवस्था र नागरिक सहयता कक्षको ब्यवस्थापन गरी नगारिक मैत्री कार्याल निर्माण गरिएको नेपालले बताईन ।