२१ फागुन, पर्वत । पछिल्लो समय विदेश जानेहरुको संख्यामा उल्लेख बृद्धि भएको तथ्यांकले देखाउँदछ । नेपाल छाड्नेहरुको संख्या बर्षेनी बढिरहेको बेला पर्वतमा पनि त्यो संख्या उच्च दरमा देखिन्छ । पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले ८ महिनाको अवधिमा २ हजार २८ जनाले नगारिकता लिएको जानकारी दिईन ।
नेपालले आफ्नो ८ महिने कार्यकालको समिक्षा गर्दै कुल २ हजार २ सय ३९ जनाले राहदानी लिएको समेत जानकारी दिइन । जिल्ला प्रशासन कार्यालय मार्फत साधारण राहदानी तर्फ ६ सय २२ महिला र १ हजार ८५ जना पुरुष तथा ९६ जना नाबालकले राहदानी लिएका छन । यसैगरी द्रूत मार्गबाट २ सय २ जना महिला र २ सय ९ जना पुरुषले समेत राहदानी लिएका छन । कुल ३३ जनाले नाबालक राहदानी दू्रत मार्गबाट लिएका छन ।
राहदानीबाट मात्र पर्वत प्रशासन कार्यालय कुल ९३ लाख ६५ हजार रुपैंया राजश्व आम्दानी गरेको नेपालले जानकारी दिइन । यसैगरी सय २८ जनाले नयाँ नागरिकता लिएका छन । ति मध्ये वैवाहिक अंगीकृत नागरिक ७ जना र कर्मचारी परिवार नागरिकता २ जनाले लिएको नेपालले जानकारी दिइन




