२० फागुन, पर्वत । जिल्लाको मोदी गाउँपालिका ८ मा पर्दछ चित्रे । पञ्चासे लेकसंग जोडिएको चित्रे आफैमा मनोरम गाउँ हो । चित्रेको उपल्लो भेगमा गुरुङ जातिमा बसोबास छ । मिश्रित जातहरु बस्ने चित्रेमा अन्य जातजातिका मानिसहरुको पनि बसोबास छ । पर्वत र कास्कीको सिमाना पर्दछ पञ्चासे लेक । यो धार्मिक र पर्यावरणीय हिसावले पञ्चासे लेक अलौकिक लेक हो । यहाँ बहुमूल्य जडिबुटि पाइन्छन । यो लेकको काखमा छ चित्रे ।
उच्च पहाडी सतहमा रहेको चित्रे पछिल्लो समय चर्चामा छ । यहाँका केहि घरधुरीमा नेपालीपनका आतिथ्यता छ । केहि रकम खर्च गरेर नेपालीपनको अनुभव गर्न पाइन्छ । नेपाली खाना, नेपाली बसाई र नेपाली संस्कृति । चित्रे गाउँको विशेषता हो । गर्मि मौसममा सितलता पाइने यो ठाउँ प्राकृति श्रोतले भरिएको छ ।
पूर्व भागमा पञ्चासे लेक उत्तरी क्षेत्रमा टहटह देखिने हिमश्रृंखला । दक्षिण र पश्चिम क्षेत्रमा छिमेकी गाउँ । जिल्ला सदरमुकाम देखि झण्डै १८ किलोमिटरको पूर्वी दिशा । सदरमुकाम देखि करिब १ घण्टा ३० मिनेट गाडिको यात्राबाट पुग्न सकिन्छ चित्रे । कच्चि सडकको यात्रा पार गरेर गाउँमा पुग्दा कोइलीको कोकिल आवाज र मन्द मन्द चलेको हिमालको चिसो हावामा जो कोहि पनि मग्द हुन्छ । दुःख विर्सन्छ । पिडा भुल्दछ, र खुशीमा रमाउँदछ ।
स्थानीय परिकारको स्वाद र संस्कृतिको धनी छ चित्रे । ‘चित्रे होम स्टे’ सञ्चालनमा आएपछि चित्रे अझै चर्चामा आएको हो । ‘चित्रेबासीको मन पवित्र छ ।’ होम स्टे अध्यक्ष शुशिला गुरुङको अगुवाईमा सिंगो गाउँ अघि हिडेको छ । स्थानीय शिक्षक मधुसुदन अधिकारी गाउँका अगुवा हुन । गाउँलाई पर्यटन र संस्कृति जोड्न उनको ठूलो योगदान छ ।
आतिथ्यता र सभ्यता उनले गाउँ भरी सिकाएका छन । यत्तिमा मात्र चित्रेका कथा सकिदैन । यो गाउँले पर्वतमै पहिलो सफल हो स्टे सञ्चालन गरेको हो । बसाईसराईले रित्तिदै गएको गाउँको कथाले गाउँको आकर्षण मुर्छित भएको छ । औपचारिक र अनौपचारिक कार्यक्रम लिएर अचेल गाउँमा पर्यटकहरु भित्रने गरेका छन । सस्तो र सुलभ मूल्यमा खाना परिकार होम स्टेले ब्यवस्थापन गरेको छ ।
चित्रेले आफूलाई मात्र होइन पर्वतलाई पनि चिनाएको छ । पर्वतबासीको सभ्यता चित्रेले प्रतिबिम्बित गरेको छ । प्रकृतिको न्यानो काखमा अनुगमन स्वर्गीय आनन्दमा हराएको छ चित्रे ।





