१८ फागुन, पर्वत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित भएका छन ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई स्थानीय तह समन्वय प्रमुखका मनोनित गरेका हुन । पर्वत जिल्लाका पूर्व प्रतिनिधि सभाका सदस्य समेत रहेका जोशीलाई कांग्रेसले स्थानीय विभाग समन्वय प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विभिन्न १३ वटा विभाग गठन गरेको कांग्रेसले पार्टीको विधान बमोजीम केन्द्रिय विभागहरुको टुंगो लगाएको हो ।
महाधिवेशनको संघारमा रहेको कांग्रेसले ढिलो गरेर विभागको जिम्मेवारी दिएको छ । विभागको जिम्मेवारी लिने मध्ये जोशी पर्वत जिल्लाबाट ३ पटकसम्म प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन ।
उनी दुई पटक संविधान सभा र एक पटक आवद्यिक निर्वाचनमा प्रतिनिधि सभामा पर्वत क्षेत्र १ बाट निर्वाचित भएका थिए । केन्द्रिय सदस्यको खुल्ला निर्वाचनमा सदस्य पदमा हार बेहोरेका जोशीलाई पार्टी सभापति देउवाले मनोनित गरी पुनः केन्द्रिय सदस्यमा बनाएका हुन ।




