१९ फागुन, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा गृह मन्त्री रामबहादुर थापाले नेकपा भित्र गुटबन्दी शुरु भएको टिप्पणी गरेका छन ।
पर्वतको कुश्मा बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिवालय सदस्य थापाले गुटबन्दी क्रमशः पार्टी भित्र मौलाउँदै गएको बताएका हुन ।
उनले कम्युनिष्ट पार्टी भित्रको गुट बन्दीले पार्टी धरासयी हुने भएपनि पछिल्ला दिनमा पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा चिन्ता ब्यक्त गरे ।
सचिवालय सदस्य थापाले गुटबन्दीले संसारका कुनै पनि क्रान्ति सफल नभएको समेत बताए । उनले भने–‘संसारका कुनै पनि क्रान्ति गुटले सफल भएका छैनन ।’
क्रान्ति सफल बनाउन गुटबन्दीको अन्त्य हुनुपर्ने थापाको भनाई छ । सिंगो पार्टीको नेतृत्वमा मात्रै कम्युनिष्ट आन्दोलन र क्रान्ति सफल हुने उनले दावी गरे । पार्टी भित्र गुटबन्दीका कारण आफ्नाहरुलाई मात्र नजिक ठान्ने प्रबृत्ति मौलाउँदै गएको समेत खुलासा गरे ।
जिल्ला प्रशासन कार्यालय पर्वत नवनिर्मित भवनको उद्घाटनका लागि पर्वत आएका गृहमन्त्री थापाले सर्वसहमत निर्णय गरेर नेकपाको सचिवालय अघि बढ्ने समेत बताए । उनले केहि असहमितका बाबाजुद नोट अफ डिसेन्ट नलेखि पार्टीका निर्णयहरु सर्वसहमत भईरहेको उनको भनाई छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतको भवन उद्घाटन गर्दै प्रशासन कार्यालय जिल्लाको मुख्यालय भएकाले यसबाट प्रवाह हुने सेवा निपक्ष्य हुनुपर्ने बताए ।




