२८ माघ, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा ब्यवस्थित वसपार्क निर्माणको प्रक्रिया शुरुवात भएको बर्षौ वित्न लाग्दा पनि वसपार्क अझै निर्माण हुन सकिरहेको छैन । सदरमुकाम कुश्मा बजारमा वसपार्कको अभाव भएपछि तत्कालीन जिल्ला विकास समिति पर्वतले वसपार्क निर्माणको लागि पहल गरेको थियो । जिल्ला विकास समिति पर्वतको पहलमा वसपार्क निर्माणको काम अगाडि बढेपनि बजेट अभावमा बसपार्क निर्माण स्थल अलपत्र परेको छ ।
पर्वत जिल्लामा मात्र २ सयका संख्यामा सार्वजनिक सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किकको ब्यवस्था अझै हुन सकिरहेको छैन । सदरमुकाम कुश्माबाट दैनिक दजर्न भन्दा बढि स्थानमा सवारी साधनहरु छुटने गर्छन । सवारी साधनको पार्किक कै लागी भनेर ५ बर्ष अगाडि तयार पारिएको गुरुयोजना हालसम्म पनि पुरा हुन सकिरहेको छैन । करिब १ करोड ५९ लाख रुपैयाको खर्चमा बसपार्क निर्माण गर्ने योजना बनाए पनि यस अघि जिविस पर्वतको १३ लाख रुपैंया खर्चमा जग्गा सम्माउने मात्र काम हालसम्म भएको छ । बसपार्क निर्माणमा सरोकारवालाहरुले खासै चासो नदेखाएका छैनन । बसपार्कको समस्या स्थानीयलाई भन्दा सवारी धनीलाई भएतापनि उनीहरुले पनि खासै चासो नदेखाएकोले वसपार्क निर्माण कार्य अधुरै रहेको छ ।
वसपार्कको अभाव भएपछि वसधनिहरुले आ–आफनो घर अगाडि बसलाई पार्किक गरिरहेका छन् । ब्यवस्थित वसपार्क नहुँदा वसका महत्वपूर्ण पार्टसहरु चोरी हुने गरेको बसधनिहरुले दुखेसो गरीरहेका छन् । बसपार्क निर्माणका लागि करिब १२ रोपनीको सार्वजनिक जग्गा प्रस्ताव गरिएको प्रस्ताव गरिएको छ । निर्माणस्थलमा डोजर प्रयोग गरी माटो सम्माउने काम भएपनि अरु महत्वपूर्ण काम हुनै बाँकी छ ।
सदरमुकाम कुश्मा बजारलाई सरकारले नगरपालिका घोषणा गरिसकेको छ । यद्यपि नगरपालिका भित्र सवारी चाप उच्च भएपनि ब्यवस्थित बसपार्कको उपलब्धता भने छैन ।
सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठकाण्डौ, पोखरा, सुनौली, नारायणगढ लगाएतका शहरमा सार्वजनिक सवारी साधनहरु छुटने गर्छन । तर जिल्लामा भित्रीएका र बास बस्नुपर्ने सवारी साधनहरु भने सुरक्षित ढङगले पार्किक गर्न पाएका छैनन । अस्थायी रुपमा निर्माण रहेको कुश्माको बान्द्रेवीडिमा ट्राफीक कार्यालयको पहलमा वसपार्कीङको ब्यवस्था मिलाए पनि उक्त पार्किङ क्षेत्र पनि सुरक्षित नभएको धौलागिरी अञ्चल बस ब्यवसायी समितिका महासचिव ख्याम लामिछाने बताउँछन । करोडौ मूल्यका सवारी असुरक्षित ठाउँमा पार्कीङ गर्न नसकिने उनले बताए ।




