२३ माघ, पर्वत । प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद पदम गिरीले सरकारले ल्याउन लागेको भू–उपयोग नीति कार्यान्वयनमा थुप्रै चुनौतिहरु रहेको बताएका छन । बैठकमा बोल्दै सांसद गिरीले भु उपयोग नीति सर्वाधिक महत्वपूर्ण कुरा रहेको औल्याउँदै यसको कार्यान्वयनमा चुनौतिहरु भने रहेको बताएका हुन ।
गिरीले भूउपयोग नीति सम्बन्धि विधेयकका बारेमा बोल्दै कार्यान्वयनको चरणमा अराजकता देखिन सक्ने दावी गरे । उनले आवास र उद्योग क्षेत्रमा जग्गाका धनिहरु खुशी हुने तर कृषि क्षेत्रमा जग्गा पर्नेहरु वेखुशी भएर कार्यान्वयनमा चुनौति थपिन सक्ने कुरा उनले उल्लेख गरे ।
कृषि क्षेत्रमा जग्गा पर्नेहरुका लागि सरकारले विशेष सहुलियत र सहयोग गर्नपर्ने सांसद गिरीको धारणा छ । सरकारले ल्याएको भुउपयोग नीति समग्रमा राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा ध्यान दिन उनले सुझाब दिएका छन ।
भिडियो




