१५ पौष, पर्वत । गण्डकी प्रदेशले तमु ल्होसारको उपलक्ष्यमा दिएको सार्वजनिक विदा प्रदेश भित्रका वित्तिय संस्थाहरुले अस्विकार गरेका छन । प्रदेशले गुरुङ समुदायले मनाउने ल्होसार पर्वको अवसरमा प्रदेश भित्रका सरकारी, गैर सरकारी तथा प्रदेश मातहतका कार्यालयहरुमा सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेपनि प्रदेश भित्रका वैकिङ क्षेत्रहरुमा यो विदा लागू नभएको हो । वैंकहरुले आज दिनभर वैंकिङ सुविधा दिने भएका छन ।
राष्ट्र वैंकले संघिय सरकारका बाहेकका विदामा वैंक तथा वित्तिय क्षेत्रहरु बन्द नगर्ने निर्देशन यस अघि दिइसकेको छ । प्रदेशहरुका आफ्ना विदामा वैंक तथा वित्तिय क्षेत्र बन्द गर्दा त्यसले राष्ट्रभरका वित्तिय ब्यवस्थापनमा चुनौति पर्ने भन्दै केन्द्रिय वैंकले दिएको निर्देशनका कारण पनि गण्डकी प्रदेश भित्रका वैंक तथा वित्तिय संस्थाहरु बन्द नभएका हुन । उनीहरुलाई स्थानीय र प्रदेश सरकारको बिदा मान्य नहुने भएकोछ ।
संघिय सरकारको मातहतमा रहेको राष्ट्र वैंकले वैक तथा वित्तिय संस्थाहरुको निगमन, अनुगमन तथा सुपरीवेक्षण गर्छ । वैंक तथा वित्तिय संस्थाहरुका लागि केन्द्रिय वैंकको निर्देशन नै अन्तिम हुने गरेको छ । स्मरणीय छ, यस अघि प्रदेश न २ ले आब्हान गरेको विदा उल्लघन गरेको भन्दै प्रदेश मन्त्री स्वय्म वित्तिय संस्थाहरुमा ताला लगाउँदै हिडेका थिए ।
प्रदेशको विदामा संघिय सरकार मातहतका कार्यालयहरु पनि बन्द नहुने भएका छन ।




