Print

गृह मन्त्रीको निर्देशन पछि पर्वतमा पनि यातायात ब्यवसायीका महासचिव सामितिए

२१ वैशाख, पर्वत । सिन्डिकेट समर्थक ब्यवसायीहरुले गरेको आन्दोलनलाई निस्तेज पार्न सरकारले कडा कदम चालेको छ । शुक्रबार देखि ब्यवसायीले शुरु गरेको आन्दोलनलाई कमजोर बनाउन गृह मन्त्रीले ब्यवसायीका नेताहरुलाई नियन्त्रणमा लिन दिएको निर्देशनको केहि घण्टामै धौलागिरी अञ्चल बस ब्यवसायी समितिका महासचिव ख्याम लामिछानेलाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्ना सवारी साधनहरु ग्यारेजमा थन्काएर सरकारको विरुद्धमा आन्दोलनमा उत्रिएका ब्यवसायीहरुलाई कानून बमोजीम कारबाही गर्ने सरकारको तयारी छ । शुक्रबार दिउँसो मात्रै ब्यवसायीका नेताहरुलाई नियन्त्रणमा लिन सरकारले देश भरी अभियान नै सञ्चालन गरेको छ ।

शुक्रबार दिउँसोे लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको प्रहरीले जनाएकोछ ।घिमिरेका अनुसार अन्य ब्यवसायीहरुलाई पनि नियन्त्रणमा लिन प्रहरीले खोजी कार्य शुरु गरेको छ ।