Print

स्थानीय सञ्चार माध्यमको संरक्षणमा स्थानीय तहहरु अनुदार

२१ वैशाख, पर्वत । पत्रकारीता,संचार र संचारका माध्यमलाई राज्यले वेबास्ता गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बिहिबार कुश्मामा आयोजना गरेको सघियंता कार्यान्वयन र मिडीयाको सबाल बिषयक अन्तरत्रियामा उनीहरुले त्यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.पौडेलले अबका संचारमाध्यम स्थानीय सरकार केन्द्रित हुनुपर्ने औंलाउदै सवै पत्रकारहरुलाई प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिए । पत्रकारहरु कुनै पनि लोभमोहमा प¥यौं भने पत्रकारीता पनि स्वच्छ नहुने उनले वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रेस र सरकारी निकायका संघसंस्था बिचमा घनिष्ट सम्बन्ध कायम हुनुपर्ने बताए ।

सो अवसरमा बोल्दै पत्रकार महासघंका संस्थापक भोलानाथ शर्मा,पुर्व अध्यक्ष ओमप्रसाद आयल,दुर्गाप्रसाद शर्मा,क्रान्तीकारी महासंघका केन्द्रिय सदस्य पत्रकार मुरारी शर्मा,प्रेस चौतारीका जिल्ला उपाध्यक्ष कृष्ण अखेली,प्रेस युनियन पर्वतका सचिव उत्तम अधिकारीले पत्रकारहरुले समाचार संकलनमा आफनो कलम नहडवढा्उन आग्रह गरे ।

निजी क्षेत्रको प्रतिनिधीत्व गर्दै पर्वत उद्योग बाण्ज्यि महासंघका अध्यक्ष केदारनाथ शर्माले विज्ञापनकोद्धरमा एकरुपता कायम गर्न संचार माध्यामलाई आग्रह गरे । उनले भने– सवैले सत्ता र शक्तिमा नपुग्ने समय सम्म संचार माध्यमलाई सम्झने,सत्ता र शक्तिमा पुगिसके पछि संचार माध्यमलाई भुल्ने परम्परा दुखको कुरा भएको धारणा राखे ।

यसैबिच राजनितीक दलको तर्फवाट माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम,नेपाली काँग्रेसका जिल्ला सदस्य चुडामणी शर्मा,नेकपा एमाले जिल्ला उपाध्यक्ष भक्त कुवंरले राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारलाई संरक्षण गर्नुपर्ने बताए ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षता,उपाध्यक्ष प्रनिश गिरीको स्वागत र सचिव गणेश गिरी सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित संवै पत्रकारहरुको उपस्थित रहेको थियो ।