६ वैशाख, पर्वत । राष्ट्रिय सभा अध्यक्षद्धारा एकै दिन दुई जनालाई अभिभावकत्व प्रदान गरेका छन । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक गृह जिल्ला पर्वत आइपुगेका तिमिल्सीनाले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन एक जना बालक र एक जना बालिकालाई अभिभावकत्व प्रदान गर्दै विद्यालयमा भर्ना गरेका छन ।
विद्यार्थी भर्ना अभियानलाई राष्ट्रिय उत्सवको रुपमा मनाईरहेको बेला तिमिल्सीनाले कुश्मा नगरपालिका स्थित शिवालय माध्यमिक विद्यालयमा ११ बर्षिया सुहानी नेपाली र मोदी गाउँपालिका स्थित नवजागृत माध्यमिक विद्यालयमा ६ बर्षका अनुप जिसीलाई अभिभावकत्व प्रदान गरेका हुन ।
दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाबु बेबारिसे अवस्थामा रहेका विद्यार्थी सुहानी नेपाली लाई विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाको अभिभावक बनेका हुन ।
सदरमुकाम कुश्मा मा ज्याली मजदुरी गर्दै आएकी आमा सुमित्रा परियारसँग बस्दै आएकी सुहानीलाई पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै तिमिल्सीनाले विद्यालय तहसम्मको शिक्षाका लागि आफ्नो सहयोग रहने बताए ।
अभिभाबक पाएकी सुहानी नेपाली ले पर्बत जिल्लाको मोदी गाउपालिका अन्तर्गत राम्जा मा रहेको जिबन्ज्योती प्रा बि बाट कक्षा ४ सम्मको शिक्षा प्राप्त गरेकी थिइन ।
त्यसै गरी कुस्मा नगरपालिका वार्ड न ६ का वडाध्यक्ष रुद्र गिरी ले पनि आजै ९ बर्षिय सुहानी छेत्री को अभिभाबकत्व ग्रहण गर्दै उनलाई कक्षा ४ मा भर्ना गरेकाछन । उनि पर्बत जिल्ला बाच्छा निवासी दिल बहादुर नेपाली र मुना छेत्री कि छोरी हुन ।
बिद्यालय मा आज भएको एक कार्यक्रममा उहाहरुले विद्यार्थी हरु लाई भर्ना गर्नु भएको हो । बिद्यालय ब्यबस्थापन समिती का अध्यक्ष ईस्वर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा शिवालय बहुमुखी क्यामपस समिती का अध्यक्ष गोबिन्द पहाडीले अथितीहरु लाई स्वागत गर्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समिती का सदस्य राजेन्द्र पहाडीले सन्चालन गर्नु भएको थियो ।
यसैगरी तिलाहार स्थित नवजागृत माविमा अध्यक्ष तिमिल्सीनासंगै वडा अध्यक्ष विमल लामिछाने कक्षा १ मा ७ बर्षि आर्यन कुवंरलाई भनाई गरेका छन । यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेल आफ्ना छोरा एजलजंग लामिछानेलाई नीजि विद्यालयबाट सामुदायिक विद्यालय नवजागृत माविमा भर्ना गरेका छन ।
कार्यक्रममा अध्यक्ष तिमिल्सीनाले समग्र मोदी र पर्वत जिल्लाको विकासमा केहि न केहि भूमिका खेल्न गरी आफू केन्द्रिय स्तरमा प्रस्तुत हुने बताएका थिए । उनले राष्ट्रिय सभालाई सवैको अपनत्व हुने गरी सञ्चालन गरिने समेत जानकारी दिए ।
अनिता शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रममा विद्यालयका प्रअ विष्णु सुवेदीले कार्य योजना प्रस्तुत गरेका थिए भने वडा अध्यक्ष लामिछानेले वडाको शैक्षिक अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए ।
विद्यालयका सहायक प्रअ दिनेश शर्माले सञ्चाल नगरेको उक्तम कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले धन्वयावद मन्तब्य ब्यक्त गरेका थिए ।




