१५ फागुन, पर्वत । जिल्ला समन्वय समितिले कालीगण्डकी नदीको उत्खनन्बाट बार्षिक करोडौं रकम आम्दानी गर्दै आइरहेको छ ।
जिल्लाको आम्दानीको अन्य कुनै पनि श्रोतहरुको पहिचान नगरेको जिल्ला समन्वय समितिले बार्षिक कालीगण्डकी नदीको बहावको प्रयोग गर्दै करोडौं रकम आम्दानी गर्ने गरेको हो ।
जिल्लामा पर्यटकीय क्षेत्र, कृषिउपज कर, ब्यवसाय कर र अन्य आम्दानीको श्रोतहरुको पहिचान गर्न नसकेको निकम्पा जिल्ला समन्वय समितिले बर्षेनी कालीगण्डकी नदी नै आम्दानीको श्रोतको मूख्य कडिको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
नदी संरक्षण, नदीको बहावले नदी तटमा पार्नसक्ने सम्भावित जोखिमहरुको अध्ययनमा शुन्य रकम लगानी गरेको जिल्ला समन्वय समितिले हालसम्म नदी तटको प्रारम्भिक वातावरणीय परिक्षण समेत गर्नसकेको छैन ।
बर्षेनी तत्कालीन जिल्ला विकास समितिले नदीजन्य बस्तुको उत्ख्ननमा टेण्डर गर्ने गरेको थियो ।
जिल्ला विकास समितिले आन्तरीक आम्दानीको मुख्य श्रोतको रुपमा कालीगण्डकी नदीमा कर लिनका लागि टेण्डर आब्हान गर्ने तर प्रहरीले प्रशासनले रोक्ने कार्यले ब्यवसायी यस अघि पनि बारम्बार समस्यामा पर्दै आइरहेका छन ।
जिल्लामा जनप्रतिनिधि आएपछि त्यसको समाधान हुने अपेक्षा गरिएपनि समस्या ज्यूँका त्यूँ छ । जिल्ला समन्वय समितिले यस बर्ष पनि झण्डै सवा करोड रकममा नदी जन्य वस्तुको उत्खनन्का लागि टेण्डर आब्हान गरेको छ ।
बस्तुतः नदीजन्य वस्तुको उत्खनन्का लागि वातावरणीय परिक्षण नगरि जनप्रतिनिधि सम्मेलित समन्वय समितिले करोडौ रकम टेण्डर गरेपनि जिल्ला प्रहरी कार्यालयले भने अवैध उत्खननको आरोपमा ब्यवसायीका सवारी साधनहरु पटक पटक नियन्त्रणमा लिने गरेको छ ।
सानो जिल्लामा प्रशासनीक निकायलाई आम्दानीको अन्य श्रोत नहुँदा नदीजन्य वस्तुको उत्खनन गर्ने क्रसर ब्यवसायीहरु रहदै आएको चर्चा चल्ने गरेको बेला यो साता पनि नदीजन्य वस्तुको उत्खनन् गर्ने सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत शनिवार राजाको बगरबाट एक स्काइभेटर नियन्त्रणमा लिएको छ ।
अवैध उत्खननको आरोपमा कानून बमोजीम उत्खनन गरीरहेको ध १ त २०९ नम्बरको स्काइभेटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरीले मंगलबार मात्रै कुश्मा नगरपालिका वडा न १ राजको बगरबाट २ टिप्पर १ स्काइभेटर र चालक नियन्यणमा लिएको छ ।
जलजला गाउँपालिका वडा न ९ लस्ती स्थित जलजला कन्ट्रक्सन प्रालिको बा २ क ५१३१ नम्बरको स्काइभेटर, बा ४ ख ३५६०, वा ४ ख ८७३४ नम्बरको टिप्पर सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस अघि पुनरावेदन अदालतले विना कसुर कानून बमोजीम उत्खनन् कार्यमा संग्लन्न चालकहरुलाई नियन्त्रणमा नलिनु भन्ने आदेश विपरित प्रहरीले २ टिप्पर र १ स्काइभेटर सहित चालकालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुलाई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाएको जनाएको छ ।
नदीबाट बार्षिक करोडौ रकम आम्दानी गर्ने जिल्ला समन्वय समितिले उक्त रकम आफूहरुको तलब भत्ता र आन्तरीक ब्यवस्थापनमा खर्च गर्दै आएको छ ।
रकमबाट नदीको संरक्षण र प्रारम्भिक वातावरणीय अध्ययन नगर्दा समस्या पटक पटक बल्झदै आएको छ ।
समन्वय समितिले गरेको वेवास्तापनका कारण ब्यससायीलाई प्रहरी प्रशासनले पटक पटक दुख्ख दिदै आएको ब्यवसायीहरुले गुनासो गर्दै आईरहेका छन ।




